नेपाली मन छुने लाइनहरु




पिउनै नजान्ने मलाइ खै कसरी पिलायो ।
नशा सङ्ग दोस्ती मेरो खै कसरी मिलायो ।।

विस्वाश माथी घात प्रतिघात गर्ने उस्ले
मलाइ त्यस्तो भरोसा खै कसरी दिलायो ।।

चतुर थियो कोपिला चुडी निमोठी फाल्नलाइ
फुल्नै बाँकी म बचिलैमा खै कसरी जिलायो ।।

भन्दै थियो टुक्रा टुक्रा भए म जोडिन चाहान्छु ।
च्यातिएको आफ्नै मन खै कसरी सिलायो ।।

पिउन सिकायो मलाई जिउन सिकायो
बर्ष बिते भेटिदैन अझै खै कसरी बिलायो ।।



जुन दिन क्यामेराले तिम्रो चित्र भित्र चरित्र पनि जस्ताको तस्तै उतारिदिनसक्छ नि हो त्यही चित्र दुनियाकै सबैभन्दा बिचित्रको चित्र हुनेछ ।



धेरैलाई देखे मान्छे त्यही मनलाइ च्यालेन्ज गरिरहेको हुन्छ जसमा हिम्म्तको एक कण पनि जिवित छैन ।



मान्छेलाइ पराजय भन्दा पनि पराजय भइन्छ कि भन्ने डर भयानक र खतरनाक हुदो रैछ । जस्तो कि मान्छेलाइ मृत्यु भन्दा मृत्युको भय बढी भयानक र खतरनाक हुन्छ ।



मिठा मिठा बात मार्दैमा, घण्टौ सम्म फोनमा गफगाफ गर्दैमा, तिमी मेरै हौ र म तिम्रै हुँ भनेर खोक्दिदैमा मात्रै कोहि तिम्रो आफ्नो प्रेमी हो , मेरो जीवन हो, मेरो सर्वस्व यहि हो भनेर सम्झन्छौ भने त्यो तिम्रो कमजोरी हो मेरो होइन। आफ्नै अगाडि म तिमी बिना मर्छु भन्दै हात काटेर रगताम्य पार्ने च्याखुरी त २-४ महिनामै पराइको हातको सिन्दुर ले आफ्नो सिउदो रङ्गाउदै हिडछे भने तिमी बाचा, कसम ,फोन गफगाफ कुरा गर्छौ । दुनिया बदलियो समय बदलियो मान्छे बदलिय संगै म पनि बदलिय  प्रेम गर्ने तौरतरिका बदलिय । हरेक सम्बन्धमा नाफा घाटाको हिसाब किताब हुन्छ अचेल । हेर्दै जाउ तिमी पनि कुनै दिन बदलिने छौ , तिम्रो रुप रङ्ग अङ्ग ढङ्ग सबै बदलिने छन । सबै कुरा आ- आफ्नै पारामा बदलिदै जानेछन ।


Popular posts from this blog

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

What is tippani??