बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व
![]() |
Krishna Dhakal
|
[नेपाल बिधुत प्राधिकरणको २०७५/०४/०७ गतेको पाचौँ तह लेखापालको परिक्षामा सोधिएको]
अहिलेको समयमा भुक्तानी पाउने वा दिने दुबै काम बैङ्क मार्फत नै हुन्छ । यसका लागि बैङ्कले आफ्ना ग्राहकसंग भएको कारोबारको अभिलेख पास बुक (pass book)मा राख्छ भने ग्राहकहरुले उक्त कारोबारको अभिलेख क्यास बुक (cash book)मा राख्दछ । यसरी बैङ्क र ग्राहकले अभिलेख राख्दा विभिन्न कारणले पास बुक र क्यास बुकले देखाउने मौज्दातमा फरक पर्न जान्छ र उक्त मौज्दातमा फरक पर्नुको कारण पत्ता लगाइ सो फरक मिलान गर्न तयार पारिने विवरण लाई नै बैङ्क हिसाब मिलान विवरण भनिन्छ । सामन्यतया बैङ्क हिसाब मिलान विवरण मासिक रुपमा तयार पारिन्छ ।
बैङ्क हिसाब मिलान विवरण एउटा त्यस्तो प्रक्रिया हो जहाँ एक निश्चित मितिमा क्यास बुक र पास बुकले देखाउने मौज्दात बिच फरक पर्नुका कारणहरु पत्ता लगाउने उदेश्यका साथ निश्चित अवधिमा तयार पारिने विवरणलाई Bank Reconcliation Statement भनिन्छ ।
उदेश्य तथा महत्व :
• कुनै निश्चित समयवाधिको बैङ्क मौज्दातको यथार्थ जानकारी दिन्छ ।
• क्यास बुक र पास बुकमा देखिने फरक मौज्दातको कारण पत्ता लगाउन सकिन्छ र समायोजन गर्न सहयोग गर्दछ ।
• नगद र बैङ्किङ कारोबारको पारदर्शिता प्रमाणित गर्छ ।
• नगदको प्रभावकारी संचालन गर्न सहयोग गर्दछ ।
• बैङ्किङ कारोबारको अभिलेखनमा हुने संभावित त्रुटि छलकपट तथा जालसाजीलाई रोक्दछ ।
• असंकलित चेक तथा निक्षेपको बारेमा जानकारी दिनुका साथै शिघ्र संकलनमा सहयोग गर्दछ ।