जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता



Krishna Dhakal
Nepal Electricity Authority
Assistant Accountant

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता बारे उल्लेख गर्नुहोस् । [५]
जिन्सी स्रेस्ता प्रणाली भन्नाले प्रचलित कानुन बमोजिम विभिन्न कार्यलय तथा निकायमा भएका सजिब तथा निर्जिब मालसामनको पहिचान गर्ने, ब्यवस्थित अभिलेख राख्ने, तोकिएको खातामा प्रबिष्टी गर्ने र जिन्सी मालसामानको आम्दानी, खर्च र बाँकी अवस्थाको यथार्थ विवरण र प्रतिबेदन तयार गरि तोकिएको निकाय वा सम्बन्धित सरोकारबाला पक्षलाइ उपलब्ध गराउने प्रकृया सँग सम्बन्धित सम्पूर्ण कार्यलाइ जिन्सी स्रेस्ता प्रणाली भनिन्छ । नेपालमा जिन्सी स्रेस्ता प्रणालिको सुरुवात बि. सं. २०२० माघ १ गते भएको हो । जिन्सी स्रेस्ता प्रणालिलाइ बैज्ञानिक र आधुनिक बनाउन यसमा प्रयोग हुने विभिन्न म.ले.प. फारमहरुको ब्यवस्था गरिएको छ ।

कार्यालयमा जिन्सी स्रेस्ता प्रणालिको आवश्यकता र महत्व :
• मालसामान चोरी हुने, हराउने संभावना कम गर्न
• मालसामानको हिनामिना र दुरुपयोग हुनबाट जोगाउन
• मालसामानको मौज्दात र खर्चको अवस्था थाहा पाउन
• मालसामानको नियमित रुपमा उपलब्ध गराइ कार्यक्षमता अभिबृद्धी गर्न
• काम नलाग्ने र टुटेफुटेका सामानहरुको लिलाम बिक्री गर्न ।
• अनावश्यक खरिद हुनबाट जोगाउन
• मालसामानको आम्दानी, खर्च र बाँकि अबस्थाको यथार्थ जानकारी पाउन
कार्यालयमा जिन्सी स्रेस्ता प्रणाली पनि अरु स्रेस्ता प्रणाली जस्तै महत्वपुर्ण हुन्छ । बर्तामान परिवेशमा अधिकांश कार्यालयमा यस्लाइ प्राथमिकतामा राखेको पाइदैन । जिन्सी स्रेस्ता लाई पनि समय सापेक्ष परिवर्तन गरि यस्मा प्रयोग हुने म.ले.प. फारमहरुलाई अझै परिस्कृत गरि प्रयोग गर्न सकेको खण्डमा जिन्सी मालसामानको अझै प्रभावकारी रुपमा स्रेस्ता राख्न सकिने छ । 

Comments

Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व