नेपाली साहित्यिक सिर्जनाहरु



फुल्ने सबै फुलहरुले सुगन्ध नै दिन्छन भन्ने छैन सुगन्ध भन्दा बढी दुर्गन्ध फैलाउने धेरै प्रजातिका फुलहरु पनि देखेको छु मैले प्रकृतिको यो दुनियामा । तिमी भन्छयौ नि हरेक पटकको संवादमा प्रकृतिमा फुल्ने एउटा फुल जस्तै हुँ भनेर । साच्चिकै तिमी फुल जस्तै नभएर तिनै सुगन्ध भन्दा बढि दुर्गन्ध फैलाउने फुलहरुको प्रजाती मध्यको एउटा फुल नै होउ ।



रक्सिले पनि गद्दार यस्तो गरिदिन्छ कि कहिलेकाही रिफ्रेस हुन पिइएको उल्टै डिप्रेस बनाउछ भन्या ।



जब सोधिन्छ के छ तेरो खबर म एक सकेण्ड पनि नलगाई भन्दिन्छु थिकै छ यार भनेर । जिन्दगीमा सबैभन्दा बढी झुट त यहि प्रश्नको उत्तरमा बोलियो होला । 



हो तिमी मेरो वर्तमान र भविस्य दुबै होउ र त मैले तिम्रो एउटा इच्छा पूरा गर्नको लागि मेरा हजारौं इच्छाहरुको भ्रुण हत्या गरेको छु ।



कोही तपाई रुँदा चुपचाप बस्छ या रुनुको
कारण खोज्छ अनि तपाई हाँस्दा कारण नै नसोधि
आफुपनि हाँसिदिन्छ भने सम्झिहाल्नुहोस त्यो व्यक्ती
पक्कै पनि तपाईको आफन्त नै हो ।



☞ एउटा गुलाबको फुल कसैको हातमा थमाएर निवेदन गर्दैमा त्यसको बदलामा उ आफ्नो हुन्छ भनेर सोच्नु कतिको सान्दर्भिक होला । आफुले रोजेकोलाइ प्रस्ताव गर्दैमा उ आफ्नो हुन्छ भनेर सोच्नु नै गलत हो । रोजेकोले रोज्नेलाइ मन नपाराउन पनि सक्छ । दुई जना व्यक्ती एउटै खटियामा सुत्दैमा दुबैका सपना एउटै हुन कहिल्यै सक्दैनन । सम्बन्ध गासिनको लागि त मन सङ्ग मन जोडिनु पर्छ । तन सङ्ग तन जोडिएका सम्बन्ध हरु दिगो हुदैनन जो छिन भरमै तोडिन र जोडिन सक्छ्न । तन भित्रका मनहरु जब एकआपसमा आकर्षित हुन्छन र जोडिन्छ्न तिनै सम्बन्धहरु दिगो हुनेछन ।
#нα℘ργ_νaℓeทt¡ทe_Dαγ  ♡



जब एउटा मान्छेले अर्को मान्छेको भवानाको कदर गर्न जान्दैन वा चाहादैन त्यस्ता मान्छेहरु जतिसुकै घनिष्ठ भएतापनी आखिर सम्बन्धहरु बिच बाटोमै टुंगिन्छन ।



जुन चिज बर्सौ देखि उस्को आँखामा मेरो लागि खोजेको थिए नि आज त्यही चिज अरु कसैको लागि उस्को आँखामा देख्दै छु ।



आजभोली सोच्दैमा म यति बिजि छु कि सोच्नु पर्ने कुरा सोच्ने फुर्सदको बारेमा सोच्ने त मलाइ फुर्सदै छैन ।



Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता