ओठ ओठ मिलाउनेहरु --- नियती ले भन्दा --- उस्ले त्यति बेलै --- तिमी बारम्बार भन्ने
ओठ ओठ मिलाउनेहरु आँखामा आँखा जुधाउनेहरु त केही समयको अन्तरालमै गुमनाम भैदिन्छ्न, म तिमी बिना मर्छु भन्दै आफ्नै आँखा अगाडि हात काटेर रगताम्य पार्ने च्याखुरी त २-४ महिनामै पराइको हातको सिन्दुरले आफ्नो सिउदो रङ्याउदै जान्छे भने आज तिमी हात समाएर friend forever भन्दै छौ । रत्तिभर पनि विश्वास लाग्दैन आजभोली यस्ता हावादारी कुरामा। दुनियाँमा forever भन्ने चिज नै हुदैन मेरो विचारमा ।
नियती ले भन्दा आफ्नै गलत नियतले ठगिन्छ मान्छे अनि आफ्नो निधारलाइ दोष दिदै गाली गर्छ भाग्य विधातालाइ । बिधातालाइ गाली गर्नु भन्दा आफ्नो क्षमताको बिबिधतालाइ पहिचान गर्न सक्नु पर्छ ।
उस्ले त्यति बेलै प्रभाव पारेकी थिइ जति बेला लुकामारी खेल्दा भेट्टाउन बाँकी, कुनै अजङ्गको रुखको छायामा लुकेको मलाइ उस्ले आफ्नो दायाँ हात बायाँ तर्फको मुटु माथी हात राखेर भनेकी थिइ "मैले भेट्टाए " भनेर ।
तिमी बारम्बार भन्ने गर्छौ म सङ्गै फुल्न खोज्दैनौ म सङ्गै घुल्न सक्दैनौ । कुनै पनि घोलमा कति घुलित पदार्थ घुल्न सक्छ भन्ने कुरा घोलक मा भर पर्ने हो घुलितमा होइन । हो म तिमी सङै फुल्न चाहान्छु र तिमी सङै पुर्ण रुपमा घुल्न पनि तर तिम्रो घोल्यमात्रा कम छ जसले मलाइ पुर्ण रुपमा घुलाउन सक्दैन । म आंशिक मात्र के घुलेको हुन्छु तिमी अतिसंतृप्त भैदिन्छौ यस्मा मेरो के दोष ।