कार्यालयमा संचार भनेको के हो? कार्यालयमा यसको महत्व

Shiva Kumar Subedi
Nepal Electricity Authority
Assistant Accountant

कार्यालयमा संचार भनेको के हो ? यसको महत्व वारे प्रकाश पार्नुहोस ?(५)
अंगेजी भाषामा प्रचलित शव्द “communication ” ल्याटिन भाषाको "Communits"शव्दबाट विकास भएको मानिन्छ । Communis शब्दको को अर्थ साझापन (Commun experience) भन्ने हुन्छ । यस प्रकार सञ्चारको अर्थ व्यक्तिको विचार धारणा वा मनमा लागेको कुरा अरुलाई भन्ने वा बाड्ने भन्ने अर्थमा लिन सकिन्छ । सामान्यतया सञ्चार भन्नाले सुचना तथा जानकारी आदान प्रदान गर्ने (ष्mउयचतष्लन पलयधभिमनभ) वा सुचना दिने (Transmitting information ) भन्ने अर्थमा लिईन्छ । दुई वा सो भन्दा बढि व्यक्तिहरु वीच सुचना , जानकारी र समझदारी मौखिक वा लिखित रुपमा आदानप्रदान गर्ने माध्यमलाई संचार भनिन्छ । संगठनमा संचार भन्नाले संगठनको निर्धारित लक्ष्य तथा उदेश्य हासिल गर्न सम्वन्धित व्यक्ति /पक्षविच सहयोग र सामन्जस्यता कायम गर्दै आदानप्रदान गरिने सुचना तथा तथ्यांक भन्ने वुझिन्छ । कार्यालयमा भेटवार्ता वैठक , गोष्ठी सभा/सम्मेलन , चिठिपत्र, अन्तरकृया , राय प्रतिकृया आदिको माध्यमवाट संचार कायम गरि कार्यसम्पादन गरिन्छ । असल संचार कार्यालयको सफलताका लागि अति महत्वपूर्ण मानिन्छ ।
यसको महत्व वारे यस प्रकार उल्लेख गर्न सकिन्छ ।
• संगठनलाई विना रोकतोक प्रभावकारी रुपमा संचालन गर्न ।
• आपसी सम्वन्ध कायम गर्ने ।
• सत्य तथ्य पत्ता लगाउन र खोज अनुशन्धान गर्न ।
• कर्मचारीहरुको उत्प्रेरणा र मनोवलमा वृद्दि गर्न ।
• लागतमा कमी ल्याइ उत्पादन र उत्पादकत्व वृद्दि गर्न ।
• आन्तरिक तथा वाह्य पक्षवीच निरन्तर सम्पर्क गरी व्ययसायको सफल संचालन गर्न ।
• कर्मचारी कामदारहरु वीचको आपसी सम्वन्ध सुमधुर वनाउन ।
• अनुगमन र नियन्त्रण गर्न ।

लोकसेवा आयोग तयारी सामाग्री Multiple Choice Questions 


Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता