टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता

Krishna Dhakal(KpDhakal)
Krishna Dhakal
Nepal Electricity Authority
Assistant Accountant

टिप्पणी भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको महत्व र आवश्यकता उल्लेख गर्नुहोस । [५]


सामान्यतया कुनै महत्वपुर्ण कुरामा निर्णय गर्न वा नीति निर्धारण गर्न चाहिने आवश्यक तथ्यहरु संकलन गरि टिपोट गरेर अधिकार प्राप्त अधिकारिबाट निर्णय गराउने प्रक्रियालाई टिप्पणी भनिन्छ । यो कार्यलयको निर्णय गराउने एउटा महत्वपूर्ण प्रक्रिया हो ।

कार्यालयको कुनै महत्वपूर्ण बिषयको कामकारबाहीको निमित्त निर्णय गराउनु परेमा वा नीति नियममा भएको अस्पष्टतालाई संशोधन गर्न वा नीति नियम निर्धारण गर्नु परेमा कार्यालयको तल्लो तह (operating level) देखि क्रमशः उठाइएको विभिन्न तथ्य, जानकारी, हाल कानुनमा भएको ब्यबस्था तथा राय सुझाब सहितको विवरणलाई टिप्पणि भनिन्छ ।
Tippani is a written statement of collection of facts, information, opinions, suggestions and related clauses of rules and regulation with a purpose of taking decision. It is prepared by the lower level staffs and forwarded to authorised level for clarify unclear matter.Tippani is used for the ammendment  of unclear rules and regulations and to prepare the new policies and rules.
कार्यालय ब्यवस्थापनमा यसको महत्व तथा आवश्यकता :
• कार्यालयको कार्य सम्पादनको क्रममा आइपरेका समस्याको सम्बन्धमा नीति नियमका कुरामा समायानुकुल संशोधन गर्न ।
• Decesion making process मा व्यापक सहभागिता जुटाउन । जस्ले सहभागितामुलक निर्णय गर्न सहयोग पुर्‍याउँछ ।
• कार्य संचालनमा सरलिकरण गर्न ।
• कानुनमा भएका अस्पष्टतालाई संशोधन गर्न ।
• कार्यलयका कुनै महत्वपूर्ण कुरामा निर्णय गर्न आवश्यक तथ्यांकहरुको संकलन गरि सम्बन्धित तहबाट निर्णय गर्न ।
• भबिस्यमा निर्णय प्रक्रियामा मार्गदर्शनको रुपमा प्रयोग गर्न ।
• कार्यालयको निर्णय प्रक्रियामा तल्लो तहका कर्मचारिको राय सुझाब प्राप्त गर्न ।



Comments

Popular posts from this blog

Difference between Central level accounting and Operating level accounting

बैङ्क हिसाब मिलान बिबरण भनेको के हो? उदेश्य र महत्व

जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता