Krishna Dhakal Nepal Electricity Authority Assistant Accountant जिन्सी स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ? कार्यालयमा यस्को महत्व र आवश्यकता बारे उल्लेख गर्नुहोस् । [५] जिन्सी स्रेस्ता प्रणाली भन्नाले प्रचलित कानुन बमोजिम विभिन्न कार्यलय तथा निकायमा भएका सजिब तथा निर्जिब मालसामनको पहिचान गर्ने, ब्यवस्थित अभिलेख राख्ने, तोकिएको खातामा प्रबिष्टी गर्ने र जिन्सी मालसामानको आम्दानी, खर्च र बाँकी अवस्थाको यथार्थ विवरण र प्रतिबेदन तयार गरि तोकिएको निकाय वा सम्बन्धित सरोकारबाला पक्षलाइ उपलब्ध गराउने प्रकृया सँग सम्बन्धित सम्पूर्ण कार्यलाइ जिन्सी स्रेस्ता प्रणाली भनिन्छ । नेपालमा जिन्सी स्रेस्ता प्रणालिको सुरुवात बि. सं. २०२० माघ १ गते भएको हो । जिन्सी स्रेस्ता प्रणालिलाइ बैज्ञानिक र आधुनिक बनाउन यसमा प्रयोग हुने विभिन्न म.ले.प. फारमहरुको ब्यवस्था गरिएको छ । कार्यालयमा जिन्सी स्रेस्ता प्रणालिको आवश्यकता र महत्व : • मालसामान चोरी हुने, हराउने संभावना कम गर्न • मालसामानको हिनामिना र दुरुपयोग हुनबाट जोगाउन • मालसामानको मौज्दात र खर्चको अवस्था थाहा पाउन • मालसामानको नियमित रुप...
Comments
Post a Comment